गेरूवाका १६८ बाढीपीडितलाई खाद्यान्नसहितको राहत वितरण

गेरूवा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले बर्दिया जिल्लाका १६८ जना बाढीपीडितलाई खाद्यान्नसहितको राहत वितरण गरेको छ ।

गेरूवा गाउँपालिका– २ को राजिपुर, बनघुस्राको बनकटी र खैरवाङका बाढीपीडित कांग्रेस नेताहरूको उपस्थितिमा राहत वितरण गरिएको हो ।

लोपन्मुख राजी तथा सोनाहालाई कम्बल, दाल, चामल वितरण गरिएको छ ।

गैर आवासीय नेपाली संघका अभियन्ता गोविन्द सुवेदी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्व अध्यक्ष समीरजंग शाहसहितका नेताहरूले राहत वितरण गरेका थिए ।

गेरूवा गाउँपालिकाका उपाध्यक्ष हिमाकुमारी थारूमार्फत बाढी प्रभावितलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

Published : Saturday, 2021 November 20, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया