विमानस्थलमा सुनसहित दाङका चौधरीसहितका व्यक्ति पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करीब २ हजार १ सय ७० ग्राम तौलको सुनसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिरहाको मिर्चैया नगरपालिका–१२ ठेगाना भएका २६ वर्षीय सरोज सहनी र दाङको दंगिशरण गाउँपालिका–६ ठेगाना भएका ३० वर्षीय सीताराम चौधरी रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा भित्रीबस्त्रको अगाडिको भागमा फल्स बटम बनाई भन्सार छली गरी लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको थियो ।
सरोजको साथबाट करीव १ हजार ८५ ग्राम र सीतारामको साथबाट करीव १ हजार ८५ ग्राम सुन फेला परेको थियो ।
उनीहरूलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अबैध रुपमा संकलन गरी लैजान लागेको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला ३ थानसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका–३ ठेगाना भएका ३७ वर्षीय धर्म बहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका–१० ठेगाना भएका ४१ वर्षीय हरिप्रसाद गिरी रहेका छन् ।
उनीहरूमध्ये धर्मको साथबाट १ सय ग्रामको २ थाना बाला र हरिप्रसादको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको हो ।
मलेसियाबाट काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उनीहरूले उक्त धातुको बालाहरु संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया