जबराको सातोपुत्लो उड्ने १८ न्यायाधीशहरूको जबरजस्त निर्णय
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले प्रधानन्यायाधीशको अधिकार कटौती गरिदिएको छ ।
बिहीबार सर्वोच्च अदालतमा बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेक १८ जना न्यायाधीशको बैठकले सर्वोच्च अदालत नियमावलीमा भएको व्यवस्था संशोधन गरेर गोलाप्रथाबाट इजलास र मुद्दा छान्ने प्रणाली अपनाउने निर्णय गरेको हो ।
न्याय सम्पादनका क्रममा इजलास र त्यसमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्ने ऐतिहासिक निर्णय गरेको छ ।
मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष निर्णयहरू पठाएको स्रोतले जनाएको छ ।
हस्ताक्षर गरेको निर्णय र मस्यौदा कानून मन्त्रालयबाट प्रक्रिया पुर्याएर राजपत्रमा प्रकाशित गर्न केही दिन लाग्नेछ ।
प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न दबाब दिँदै आन्दोलन चलिरहेका बेला न्यायाधीशहरूले बिहीबार जबरजस्त निर्णय गरेका हुन् ।
न्यायाधीशहरूले शुक्रबारबाट बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि हेर्ने भएका छन् । बन्दी प्रत्यक्षीकरणबाहेक तामेली, फैसला संशोधनका मुद्दा पनि हेर्ने भएका हुन् ।
फुलकोर्ट बैठकमा सहभागी एक न्यायाधीशका अनुसार शुक्रबारबाट न्यायाधीशहरूले तामेली र फैसला संशोधनका मुद्दा सबै न्यायाधीशले हेर्नेछन् ।
जबरालाई यो निर्णयले तनाब दिएको छ । जबरालाई केही राहत पनि मिलेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया