घोराहीबाट हिँडेको बस जलजलामा दुर्घटना, ४ को मृत्यु

घोराही । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दाङको घोराहीबाट थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने जलजलामा सडकबाट १०० फिट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिएका छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । अन्य यात्रुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Published : Thursday, 2021 November 18, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया