गृहमन्त्री खाण मंगलबार रुपन्देही जाने, कांग्रेसको कार्यक्रममा सहभागी हुने
काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पार्टीको कार्यक्रमहरूमा सहभागी हुन गृहजिल्ला रुपन्देही जाने भएका छन् ।
नेता खाण मंगलबार साँझ साढे ५ बजेको उडानबाट भैरहवा बिमानस्थलमा अवतरण गर्ने निजी सचिवालयले जनाएको छ ।
नेता खाणले मंसिर १ गते पार्टीको जिल्ला र प्रदेशका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् ।
मंसिर १ गते बिहान साढे ९ बजे रिद्धि–सिद्धि पार्टी फर्साटिकरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’द्वारा आयोजित भेटघाट कार्यक्रममा नेता खाण सहभागी हुनेछन् ।
दिउँसो साढे १२ बजे भैरहवाको जनकपथस्थित युनिक व्याङ्क्वेटमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित सम्मान कार्यक्रममा नेता खाण सरिक हुने कार्यक्रम रहेको छ ।
Published : Monday, 2021 November 15, 6:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया