महन्थ–राजेन्द्रका जनप्रतिनिधि नेताहरूको लाज लाग्ने हर्कत, रङ्गेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख घुससहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का दुईजना वडा सदस्यहरूलाई पक्राउ गरेको छ ।

अख्तियारले सोमबार विज्ञप्ति जारी गरेर घुसको रकमसहित वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई पक्राउ गरेको जनाएको छ ।

सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका वडा नं. ११ का वडा सदस्य सोनेलाल साह र उमेश रायलाई महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको पार्टीबाट निर्वाचित भएका थिए ।

उनीहरूलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

दुवैजनाले ढलानसम्बन्धी काम सम्पन्नपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवाफत घुस रकम मागेको उजुरीका आधारमा सोमबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई रकमसहित लालबन्दी नगरपालिका– ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरपाइजेजबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Published : Monday, 2021 November 15, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया