कांग्रेसको जितमा गगनले यसरी देखाए चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले जित्यो भने के गर्छ भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए । उनले कांग्रेसको भावी योजना र रणनीति जनतालाई बुझाउनुपर्ने बताएका छन् ।
‘कांग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन’, उनले भने, ‘निर्वाचन जित्यो भने कांग्रेसले के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ ?’
उनले भने, ‘त्यो प्रश्नको उत्तर लिएर जाने कांग्रेसको नेतृत्व हामीलाई चाहिएको छ । अबको ५ वर्षमा कांग्रेसले के–के गर्छ त्यसको जवाफ दिनुपर्छ ।’
अदालतभित्र देखिएको समस्याका बारेमा कांग्रेस प्रस्ट हुनुपर्ने नेता थापाले बताएका छन् ।
‘अदालतभित्र हामी यत्रो ठूलो समस्या देखिरहेका छौ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ’, उनले भने, ‘अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ ।’
उनले भने, ‘स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि कांग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया