दाङ– २ मा यस्तो बन्यो देउवा–खुमबहादुरको टिम, उत्साहित बने मतदाता
घोराही । दाङ जिल्लाको क्षेत्र नं. २ सहित प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र स्व.खुमबहादुर खड्का समर्थक समूहले सभापतिसहित पदाधिकारीको घोषणा गरेको छ ।
शनिबार घोराहीमा पत्रकार सम्मेलन गरेर देउवा–खुमबहादुर समूहले उम्मेदवारी घोषणा गरेको हो ।
दाङ क्षेत्र नं. २ को सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् । खड्काले आफूहरूको समूहलाई मतदान गरेर विजयी बनाउन अपील पनि गरेका छन् ।
क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा सचिव कमल गौतम र हिमबहादुर डाँगी तथा सह–सचिवमा रमेश पाण्डे र रञ्जित श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ ‘लाला’ले उम्मेदवारी घोषणा गरेका छन् ।
‘क’को उप–सभापतिमा पदम घर्ती र तिलक भण्डारी उम्मेदवार बनेका छन् । सचिवमा युवराज आचार्य र शिशिर अधिकारी तथा सह–सचिवमा भुवन चौधरी र विष्ण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश निर्वाचन ‘ख’को सभापतिमा लालबहादुर गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
उप–सभपातिमा ज्ञानबहादुर केसी र शरद बिक ‘समिप’ले उम्मेदवारी घोषणा गरेका छन् ।
सचिवमा डिल्ली ओली र तिलक केसी तथा सह–सचिवमा निर्मला न्यौपाने र युद्धबहादुर डिसीले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणामा घोराही उप–महानरपालिकाकाको दुई वटा वडा सभापतिबाहेक सबै वडा सभापतिहरूको उपस्थिति रहेको थियो ।
उम्मेदवारी घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका राज्यमन्त्री समेत रहेका नेता अर्जुन श्रेष्ठ, पूर्वसांसद राजु खनाल, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेताहरू भरतबहादुर न्यौपाने, गोपालराज शर्मा, बद्री खड्का, लगायतको उपस्थिति रहेको थियो ।








बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया