करेलाको झोल खाएपछि प्रचण्डले बमिट गरे
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको ब्लडप्रेसर बढेपछि अस्पताल भर्ना भएका छन् ।
शनिबार दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । उनलाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने भएको हो ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार स्वास्थ्य अवस्था सामान्य छ ।
दाहाललाई शुक्रबारदेखि ब्लडप्रेसर बढिरहेको थियो । उनले शनिबार करेलाको झोल खाएका थिए । रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो ।
दाहालले करेलाको झोल खाएपछि बमिट गरेको छोरी गंगा दाहालले बताएकी छिन् ।
छोरी गंगा दाहालले फेसबुकमा लेखेकी छिन्, ‘कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो । अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया