भक्तपुरमा सुनिता विष्ट कांग्रेसको सर्वसम्मत कोषाध्यक्ष

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका– ५ छालिङ वडा कार्यसमितिले सुनिता विष्टलाई कोषाध्यक्ष चयन गरेको छ ।

वडा कार्यसमितिको शनिबार भक्तपुरमा बसेको बैठकले विष्टलाई कोषाध्यक्षमा सर्वसम्मत चयन गरेको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।

विष्टलाई कोषाध्यक्ष बनाउन कांग्रेसका नेताहरूले समर्थन गरेका थिए ।

भक्तपुर कांग्रेसले वडा र नगर अधिवेशनहरू सम्पन्न गरिसकेको छ । अब क्षेत्र र जिल्ला अधिवेशनहरू हुन बाँकी छ ।

Published : Saturday, 2021 November 13, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया