कांग्रेसको यी १० जिल्लामा आज वडा अधिवेशनहरू शुरू
काठमाडौं । नेपाली कांग्रेसको विभिन्न जिल्लाहरूमा रोकिएका अधिवेशन आजदेखि शुरू भएका छन् ।
शनिबार १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकानुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू शुरु हुने भएका हुन् ।
कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा अधिवेशन नहुने समितिले जनाएको छ ।
डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुनेछ ।
सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।
क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी शुरु भएको छ ।
कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।
हिमाली १३ जिल्लामा जिल्ला अधिवेशनन सम्पन्न भइसकेको छ । कांग्रेसको १४ औं महाधिवेशन महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया