प्रचण्डकी छोरीलाई विप्लवको धम्की
भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने ‘नेकपा’को चेतावनी छ ।
‘नेकपा’को जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न दवाव दिएको हो । मेयर दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।
राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने ‘नेकपा’को चेतावनी छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् ।
‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।
‘नेकपा’ले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । यसै क्रममा ‘नेकपा’ले भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन दवाव दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत