सिन्धुलीका एसपी तिमल्सिनालाई हेडक्वाटर तानियो, थपलियालाई दिइयो कमाण्डिङ

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभुषण तिमल्सिनालाई तानेको छ ।

एसपी तिमल्सिनालाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

सिन्धुलीको प्रमुखमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदातलको सुरक्षा कार्यालयमा कार्यरत थिए ।

एसपी तिमल्सिना पुस २१ मा सिन्धुली जिल्लामा सरुवा भएका थिए । सरुवा भएको गएको तीन महिना नपुग्दै लगातार विवादमा परेको भन्दै उनलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।

Published : Friday, 2021 March 26, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया