स्व.दाहालको शव नेपाल आइपुग्यो, तरुण दलद्वारा सहयोग गर्ने सबैलाई धन्यावाद प्रदान

काठमाडौं । नेपाल तरुण दलले जर्मनीमा निधन भएका पेशल दाहालको शव नेपाल पठाउन सहयोग गर्नेहरूप्रति धन्यावाद दिएको छ ।

तरुण अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्तिमार्फत स्व.दाहालको शव नेपाल पठाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिएका हुन् । जर्मनीमा निधन भएका स्व.दाहाल नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँका भाञ्जा हुन् ।

विमल दाहाल र सविना दाहालका छोरा पेशलको २१ वर्षको उमेरमा फागुन २० गते जर्मनीस्थित कोठामा निधन भएको थियो ।

‘नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँका भाञ्जा २१ वर्षीय पेशल दाहालको उच्च शिक्षा हासिल गर्दै गर्दा जर्मनीमा फागुन २१ गतेका दिन असामयिक निधन भएको हुँदा मृतक पेशल दाहालको शव ल्याउनको लागि पहल र सहयोग गर्नुहुने जर्मनीस्थित नेपाल राजदूतावास, गैरआवासीय नेपाली संघ जर्मनी, एनसीसी अफ एलसीसी जर्मनी, राष्ट्रिय समन्वय परिषद जर्मनी, नेपालस्थित परराष्ट्र मन्त्रालय कन्सुलर विभाग, जनसम्पर्क समिति जर्मनी, प्रवासी एकता समाज मञ्च, टर्की गैर आवासीय संघ, लोकमणि ढकाल, तेजेन्द्र कार्की, चन्द्रकान्त आचार्य, श्याम खनाल, शिवकला गुरुङ ‘सानुदिदी), प्रमोद पौडेल, राजकुमार खड्का, ज्याति राई, रविन गौतम, शिखर खड्का, निनम्मा राईलगायत मित्रजनहरूमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आभार प्रकट गर्दै सम्पूर्णमा धन्यावाद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

स्व.दाहालको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको तरुण उपाध्यक्ष चापागाइँले जानकारी दिए । स्व.दाहाको शवलाई गृहजिल्ला सुनसरी लगिएको छ ।

स्व.दाहालको सुनसरी जिल्लामा सोमबार अन्तिम दाहासंस्कार गरिनेछ । स्व.दाहालको स्थायी घर प्रकाशपुर–१० मा पर्छ ।

Published : Sunday, 2021 March 21, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया