न्युयोर्कमा स्व.गिरिजाप्रसाद कोइरालाको स्मरण

न्युयोर्क । जीपी कोइराला फाउण्डेशनले अमेरिकामा स्व.गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवस मनाएको छ ।

अमेरिकको न्युयोर्कमा रहेको कार्यालयमा स्व.कोइरालाको स्मृति दिवस मनाइएको हो ।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामालगायतले स्व.कोइरालाको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा कार्यसमिति सदस्यहरू रामचन्द्र अधिकारी, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुब कुँवर क्षेत्री, रेखा श्रेष्ठ, गायिका सपनाश्री परियार, नेपाली अमेरिकन कलाकार संघकी कार्यवाहक अध्यक्ष निशा सुनार, वरिष्ठ लोक गायिका संगीता थापा, समाजसेवी मुना भण्डारी केसीलगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष घिमिलेले गिरिजा बावुले प्रतिपाद गरेको सहमति, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य रहेको बताए ।

नेपालमा आएको परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको योग्दान उल्लेखनीय रहेको भन्दै घिमिरेले कोइरालाको नेतृत्वबाट नेपाल स्वर्णिम युगमा प्रवेश गरेको बताए ।

महासचिव छिरिङ राप्के लामाले नेपालको शान्ति प्रक्रियामा स्व.कोइरालाको ठूलो योगदान गरेको बताए । उनले लोकतन्त्रका लागि गिरिजा बाबुले आन्दोलनको नेतृत्व गरेको बताए ।

उपाध्यक्ष सुवर्ण लामा र रामचन्द्र अधिकारीले गिरिजा बाबुको जीवनीबारे प्रष्ट्याएका थिए ।

यसैबीच, एनआरएनए एनसीसी अमेरिकाको सन् २०२१–२०२३ कार्यकालको चुनावको अध्यक्ष पदका चार उम्मेदवारहरूसँग बहस भएको छ ।

अध्यक्षमा डा.अर्जुन बञ्जाडे, बुद्धिसागर सुवेदी, तिलक केसी र कृष्ण लामिछानेले उम्मेदवार बन्न जनाइसकेका छन् ।

Published : Sunday, 2021 March 21, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया