कांग्रेस पराजित हुँदा पनि जनताको सेवा गर्छः खतिवडा, हेलिकप्टरबाट न्यौपानेको उद्धार

चम्पावेदी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पराजित हुँदा पनि ओखलढुंगाको विकास र जनताका सेवा गर्न सधैँ इमान्दारिताका साथ लागेको बताएका छन् ।

ओखलढुंगाको चाम्पादेवीमा शनिबार राधाकृष्ण मन्दिरको उद्घाटन गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुँदा पनि आफूले सधैँ ओखलढुंगाको विकास र उन्नतिमा सहयोग गरेको बताए । उनले विगतमा जितेर जाँदा जनताले दिएको निर्देशनलाई इमान्दारिताका साथ पालना गरेको बताए ।

‘चुनावका बेला राजनीति गरौँला । अरु बेला पनि कुरा गरौँला । अहिले धेरै राजनीतिक कुरा नगरौँ’, उनले भने, ‘तपाईहरूले मलाई हराउनुभयो । मलाई हराए पनि सधैँ तपाईहरूको सेवा गर्नेछु । भागवानको अगाडि राजनीति गर्न चाहन्न । मेरो भगवान भनेको तपाईहरू हो ।’

उनले भनेका छन्, ‘कांग्रेसले जित्दा यो वा त्यो भनेर भेदभाव गरेनौँ । कांग्रेस वा एमाले भनेनौँ । चुनाव लड्ने बेला एउटा पार्टीबाट लड्यौँ होला । मैले जितेर जाँदा संविधान निर्माण गर्ने कार्य गरे ।’

कांग्रेस नेता खतिवडाले लिखु एकवारको बाटोको शुरुवात आफ्नो पहिलमा भएको भन्दै कांग्रेसले ओखलढुंगाबाट जित्यो भने विकास र बजेटको ल्याइएर विकास गर्ने बताए ।

उनले साँघुटार, घोराखोरी, ओलखढुंगा सडकका लागि पिच गर्न ७५ करोड रुपियाँ आफू र कांग्रेसका साथीहरूको पहलमा भएको बताउँदै घोराखोरीदेखि सिसडोलसम्म बाटोमा ५० लाख बजेट छुट्याएको स्मरण गरे ।

कांग्रेसका साथीहरूले ककनीमा जाने सडकमा पच्चीस करोड बजेट जिल्ला समन्वय समितिबाट विनियिोजन भइसकेको समेत बताए ।

‘म जितेर गएँ भने विकासको काममा बजेट ल्याउँछु । कांग्रेसले जित्यो भने एमालेले पनि सडकमा हिँड्न पाउँछ, पानी खान पाउँछन्’, उनले भनेका छन् ।

कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘हामीलाई भगवान र धर्मप्रति आस्था छ । माता र पिता सबैभन्दा ठूलो भगवान हो । आफ्ना माता र पिटाको सम्मान गरौँ ।’

‘जसरी रुखले छहारी दिन्छ, भगवानले पनि छहारी दिनु हुन्छन् । मेरो भगवान जनताहरू हो । जिउदा भगवान तपाईहरू हो’, खतिवडाले भनेका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार चम्पादेवीमा राधाकृष्णको मन्दिरको उद्घाटन गरेका छन् ।

यसैबीच, कांग्रेस नेता खतिवडाले हेलिकप्टरबाट बिरामी रहेका गोविन्द न्यौपानेको उद्धार गरेका छन् ।

ओखलढंगामा मन्दिर उद्घाटन गर्न आएका खतिवडाले आफू चढेर आएको हेलिकप्टरबाट चम्पादेवी–६ का न्यौपानेलाई उद्धार गरेर काठमाडौं लगेका हुन् । न्यौपानेको काठमाडौंमा उपचार शुरु भएको छ ।

Published : Sunday, 2021 March 21, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया