कम्युनिस्टको किल्ला रेश र ताराखोलामा छिर्‍यो तरुण दल, बनायो बलियो संगठन

बाग्लुङ । बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकामा नेपाल तरुण दलको गाउँपालिका कार्यसमिति गठन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले पृथ्वी सुवेदीको नेतृत्वमा नेपाल तरुण दल ताराखोला गाउँपालिका कार्यसमिति गठन गरेको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले जानकारी दिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा किशोर घर्ती मगर र घनश्याम ढकाल चयन भएका छन् ।

सचिवमा सागर घर्ती मगर, सह–सचिवमा दीपेन पुन मगर, कोषाध्यक्षमा कमला कार्कीसहित सदस्यहरू सर्वसम्मत चयन भएको कोषाध्यक्ष मगरले जानकारी दिए ।

अधिवेशन नेपाली कांग्रेस बाग्लुङका सभापति दीपेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनमा नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य अर्जुन शेरचन, नेपाल तरुण दल बाग्लुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’, नेपाल शिक्षक संघ बाग्लुङका सभापति उमाकान्त पौडेल, नेताहरू हरिहर शर्मा, यम श्रीस, अमर कार्की, मञ्जेश बम मल्ल, गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, नेपाल तरुण दल बागलुङका उपाध्यक्ष गोपाल पौडेल, सदस्यहरू कल्याण कायत, हेमराज सापकोटा, पवन हमाल, आमन्त्रित सदस्य महेन्द्र खड्का, तरुण दल गल्कोट नगरका अध्यक्ष गोर्ख भण्डारी, उप–सभापति केयरसिंह खत्री लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

ताराखोला गाउँपालिकामा नेपाली कांग्रेस कमजोर मानिन्छ । कम्युनिस्टहरूको दब्दवा रहेको ताराखोलामा कांग्रेसले आफ्नो संगठन विस्तार शुरु गरेपछि बाग्लुङ कांग्रेसमा उत्साह थपिएको छ ।

यसअघि, नेपाल तरुण दल बागलुङले शुक्रबार काठेखोला गाउँपालिका– ७ रेशमा जागरण अभियान र भेला सम्पन्न गरेको थियो ।

भेलामा तरुणहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाले क्षेत्रबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय नेपाल तरुण दल रेशको नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रकली थापा र रविन कार्की चयन भएका छन् । सचिवमा रमेश जिसी, सह–सचिवमा सागर जिसी र कोषाध्यक्षमा देवन्द्र मल्ल चयन भएको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष मगरले जानकारी दिए ।

Published : Sunday, 2021 March 21, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया