हाइप्रोफाइल व्यापारी दुगड काठमाडौंबाट पक्राउ
काठमाडौं । प्रहरीले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।
परिसरका एसपी रमेश बस्नेतले दुगडलाई उनको ताहाँचलस्थित घरबाट कालिमाटी वृतले पक्राउ गरेर कमलपोखरीमा बुझाएको बताए ।
दुगड कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक पनि हुन् ।
प्रहरीले दुगडलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ ।
व्यापारी दुगडले खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा जाहेरी परेको थियो ।
दुगडबिरूद्व माघ १९ गते उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।
उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेले दुगड र सरिता प्रधानबिरुद्व पक्राउ पुर्जी जारी गरेकी थिइन् ।
दुगड पाँच लाख ३७ हजार बिगो बराबरको कसुरमा मोस्ट वान्टेड थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया