पर्वतमा कांग्रेसको पक्षमा माहोल, ‘कम्युनिस्टलाई धुलो चटाउन’ चटाउन शिव शर्माको समूह भिड्दै
कुश्मा । पर्वत उद्योग वाणिज्य संघ कार्यसमितिको निर्वाचनमा शिव शर्मा पौडेल नेतृत्वको लोकतान्त्रिक समूहलाई मतदान गरेर जिताउन नेपाली कांग्रेसका नेताहरू अपील गरेका छन् ।
चैत ७ गते शनिबार पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि मतदान हुँदैछ । मतदान हुनुभन्दा अगाडि शिव शर्मा पौडेलको समूह आक्रामक रुपमा प्रचार प्रसारमा लागेको छ ।
कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले शिव शर्मा पौडेल नेतृत्वको प्यानललाई विजयी बनाउन अनुरोध गरेका हुन् ।
‘अरूलाई भोग्यौं धेरैपटक, यो प्यानललाई हेरौँ यसपटक । लोकतान्त्रिक मूल्य र व्यवसायीहरूको सर्वोत्तम हितका लागि शिव शर्मा पौडेलको यो समूहलाई मतदान गरौं’, उनले भनेका छन्, ‘समग्र पर्वतको आर्थिक प्रगतिका लागि अभियान थालौं ।’
कांग्रेस समर्थक व्यवसायिक साझा समूहको अध्यक्षमा शिव शर्मा पौडेल अध्यक्षमा उम्मेदवार बनेका छन् ।
महिला सदस्यमा अनिता मल्ल केसी, राधाकुमारी शर्माले उम्मेदवारी दिएका छन् ।
सदस्यहरूमा मानसिंह भण्डारी, दीपेन्द्र गिरी, नवराज भण्डारी, कृष्णबहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, राजकुमार बस्नेत, विनोद आचार्य, दिनेश श्रेष्ठ, लक्ष्मण शर्मा, विज्ञान वम मल्ल, प्रल्हाद गिरी, सञ्जय नेपाली, श्रीप्रसाद पौडेल, घनश्याम मल्ल ‘कुमार’ योगराज गिरी ‘बद्री’ कृष्णप्रसाद शर्मा, विनोदकुमार श्रेष्ठ र शिवराज शर्माले उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया