मोरङ कांग्रेसका पूर्वसभापति कोइरालाको निधन
विराटनगर । नेपाली कांग्रेस मोरङका पूर्वसभापति एवम् पूर्वसांसद अशोक कोइरालाको निधन भएको छ ।
अन्दाजी ७७ वर्षीय कोइरालाको बिहीबार बिहान १ बजेतिर निधन भएको कांग्रेस नेतृ मृदुला कोइरालाले जानकारी दिएकी छिन् ।
कोइराला अस्वस्थ्य भएपछि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको छ । कोइरालाको उपचारका क्रममा निधन भएको थियो ।
सुशील कोइराला फाउण्डेशनका सल्लाहकार समेत रहेका कोइरालाले लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेका थिए । मोरङ कांग्रेसका लागि उनले लामो समयसम्म काम गरेका थिए ।
Published : Thursday, 2021 March 18, 7:03 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया