ओलीलाई साथ नदिन जसपासँग कांग्रेस नेता शाहको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्नु भनेको जनताको अपमान हुन भएको टिप्पणी गरेका छन् ।
उनले जनता समाजवादी पार्टी नेपाल –जसपा)लाई विवेक प्रयोग गरेर लोकतन्त्र र संघीय गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्न सुझाव दिएका छन् ।
कांग्रेस नेता शाहले सामाजिक सञ्जालमार्फत ओलीलाई कुनै पनि हालतमा साथ दिन नहुने बताएका हुन । ओली मुलुकका लागि घातक रहेको उनको आरोप छ ।
‘जनताको मर्म विपरीत, ओलीलाई यदि जनता समाजवादी पार्टी अथवा त्यसका कुनै घटक अथवा सांसद समूहले समर्थन ग¥यो भने जनताको घोर अपमान हुने छ’, कांग्रेसका केन्द्रीय सदस्य शाहले भनेका छन् ।
नेता शाहले ओलीका दोस्रो पुस्ताका नेताहरूको नाम पनि ब्याङ्गात्मक रुपमा सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
ईश्वर पोखरेल, विष्णु पौडेल, गोकुल बास्कोटा, भानुभक्त ढकाल, महेश बस्नेत र सूर्य थापाको नामलाई नेता शाहले ‘ओली बाका दोस्रो पुस्ता’ भनेर ब्याङ्ग्य गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया