राजनीति उथलपुथल भएका बेला देउवाले शनिबार सानेपामा सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विशेष सम्बोधन गर्ने भएका छन् ।
नेपाली कांग्रेस महिला विभागको बागमती प्रदेशस्तरीय महिला भेला र प्रशिक्षण कार्यक्रमलाई शनिबार देउवाले विशेष रुपमा सम्बोधन गर्न लागेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माद्वारा जारी सूचनाअनुसार देउवाले शनिबार २९ गते साढे ११ बजे महिला विभागको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीका कारण मुलुकको राजनीतिमा तरंग उत्पन्न भएका बेला महिला भेला हुन लागेको छ ।
महिला भेलामा देउवाले ओली प्रवृत्ति र कम्युनिस्टहरूका विरुद्ध एकजुट भएर लाग्न निर्देशन दिनेछन् ।
कांग्रेसले ओलीलाई हटाएर मुलुकलाई निकास दिन आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा लागेको छ ।
मुलुकको राजनीतिले तरंग लिएको बेला कांग्रेस सभापति देउवाले शनिबारको आफ्नो सम्बोधनमा के भन्छन् भनेर धेरैले चासोका रुपमा लिएका छन् ।
देउवाले शनिबार महिला भेलामा गर्ने सम्बोधनले विशेष स्थान राख्ने चर्चा कांग्रेसभित्र भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया