ओलीलाई महँगो भयो रेशमलालको कार्ड, अधिवक्ता पोखरेलको ब्याख्याले खैलाबैला
काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवम् अधिवक्ता सुनिल पोखरेलले सामूहिक हत्या अभियोगमा जेलमा सजाय भोगिरहेका रेशमलाल चौधरीका विषयमा घत लाग्ने टिप्पणी गरेका छन् ।
अधिवक्ता पोखरेलले ट्वीट गर्दै चौधरीलाई रिहाइ गरेपनि उनको सांसद पद फुत्किने बताएका छन् । पोखरेलका अनुसार माफी दिए पनि चौधरी राजनीतिक रुपमा अयोग्य रहेनछन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले चौधरीलाई आममाफी दिएर प्रधानमन्त्री पद जोगारउन खोजेका बेला अधिवक्ता पोखरेलले कानूनी र संवैधानिक ब्याख्या गरेर जनता समाजवादी पार्टी नेपाल (जसाप)लाई निरास बनाइदिएका हुन् ।
‘मा.रेशमलाल चौधरीको मुद्दा फिर्ता गर्ने हो कि सजाय माफी कानूनतः फिर्ता हुने देखिदैन’, ट्वीट गर्दै पोखरेलले भनेका छन, ‘माफी गरे रेशमजीको पद जानुका साथै राजनीतिक रुपमा अयोग्य हुनुहुने देखिन्छ ।’
टीकापुरको सामूहिक हत्याकाण्डको अभियोगमा सर्वोच्च अदालतबाट सजाय पाएर डिल्लीबजार कारागारमा कैद काटिरहेका चौधरीलाई रिहाइका लागि जसपाले दवाव दिँदै आएको छ ।
ओलीले तीन वर्षसम्म चौधरीका विषयमा एक शब्द बोलेनन् । प्रधानमन्त्री पदका कुर्सी फुत्किने भएपछि ओलीले जसपालाई चौधरीलाई चाड्ने भनेर आश्वासन दिएका छन् ।
ओलीको आश्वासन बाहिर आइरहेका बेला अधिवक्ता पोखरेलले चौधरी रिहाइ र माफीका विषयमा कानूनी र राजनीतिक ब्याख्या गरिदिएका छन् । पोखरेलको ब्याख्याले जसपाभित्र खैलाबैला भएको छ । बालुवाटार पनि निरास भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया