अपराधी छाडेर पद जोगाउन ओली तयारः कांग्रेस नेता खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीमा नैतिकताको सानो अंश पनि नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै खतिवडाले संविधान, कानून र नियमलाई उल्लंघन गर्ने ओलीले सत्ताका लागि हदैसम्मको हर्कत गर्न सक्ने भनेर आरोप लगाएका छन् ।
‘संविधान, कानून, नियम, नैतिकताको केही मतलब छैन’, ओलीप्रति लक्षित गर्दै खतिवडाले भनेका छन्, ‘हत्यारा, डाँका, चोर, बलात्कारी सबैलाई जेलबाट छोड्न तयार छ ।’
‘तर म प्रधानमन्त्री र मैले बनाएको मेरो गुटको राष्ट्रपति छोड्न तयार छैन’, उनले ओलीको अहंतामाथि टिप्पणी गरेका छन् ।
‘सत्ताका लागि जुनसुकै अपवित्र गठबन्धन तयार छु’, ओलीको हर्कतबारे उनले भनेका छन्, ‘यहि नेपाल र नेपालीका लागि ओलीको स्पष्ट अडान हो ।’
ओलीले शुक्रबारमात्रै आफ्नो विरोध नेता माधव नेपाल समूहलाई सिध्याउने गरेर एमालेमा निर्णय गरेका छन् ।
ओलीले आफ्नो प्रधानमन्त्री पदको कुर्सी बचाउन जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग जेलमा सजाय भोगिरहेका अपराधीहरूलाई समेत छाड्न तयार भएपछि खतिवडाले सो विषयमा ब्याङ्ग्य गरेका हुन् ।
कांग्रेस नेता खतिवडाले रिपब्लिका दैनिकसँग कुरा गर्दै माधव नेपाललाई प्रधानमन्त्री बनाउन एमालेका नेताहरूले जोखिम लिएर प्रस्ताव गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
‘मावध नेपाललाई प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गर्नुपर्छ’, उनले भने, ‘होइन भने माधवजीहरूको राजनीति ओलीजीले समाप्त पार्नु हुन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया