बढुवा र नियुक्तिका लागि बीस न्यायाधीशको नाम सिफारिस

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतसहित २० न्यायाधीशहरूको बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको सूचनामा उल्लेख छ ।

चुडाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत थिए ।

उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस भएका छन् । न्याय सेवा विशिष्ट श्रेणीबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीको नाम सिफारिस भएको छ ।

जिल्ला न्यायाधीशहरुबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

न्याय सेवा रा.प. प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

अधिवक्ताबाट रसुवाका फुर्वा तामाङ, सिराहाकी श्रीधरा कुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनम सिंह चन्द, काभ्रेका सागर विष्ट, सिराहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम सिफारिस भएको छ ।

Published : Friday, 2021 March 12, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया