संघीय मन्त्रालयद्वारा ४५ जनालाई उप–सचिवमा बढुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना शाखा अधिकृतहरूलाई उप–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्याँकनका आधारमा बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

समितिको बिहीबारको निर्णयानुशार नेपाल शिक्षा सेवा, पुरातत्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको सूची प्रकाशित गरेको छ ।

बढुवा सिफारिस हुनेमा हीराकाजी श्रेष्ठ, रामचन्द्र रेग्मी, रविन्द्रप्रसाद चौधरी, कमला घिमिरे, खगेन्द्र सुवेदी, पुण्यमाया गुरागाइँ, प्रेमकुमार काफ्ले, कमलसिंह महरा, लालबहादुर श्रेष्ठ खगेन्द्रबहादुर मल्ल, विनोद गौतम, केशवराज सुवेदी, जनार्दन अधिकारी, हरिप्रसाद गैह्रे, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल रहेका छन् ।

लुम्बनाथ पोखरेल, दीवाकर पौडेल, भरतप्रसाद आचार्य, विष्णुप्रसाद सिटौला, हरिकृष्ण सुवेदी, नवराज ओझा, खिमानन्द भुसाल, गोकुल ढुंगेल, ओमप्रसाद सुवेदी, रामप्रसाद पौडेल, दीपक पौडेल, उपेनद्र न्यौपाने, दामोदर शर्मा, होमनाथ सेढाइँ, बाबुराम नेपाली, भेषबहादुर कुँवर, चिरञ्जीवी गौतम, चेतनाथ अर्याल, बासुदेव खतिवडा पनि बढुवाको सिफारिसमा परेका छन् ।

लोकबहादुर राना, गणेशराज कार्की, सुनिल निरौला, चेतनाथ गिरी, खिमाननद आचार्य, विष्णुराज बेल्वासे, सुभाकर पौडेल र आशोक कोइराला पनि शाखा अधिकृतबाट उप–सचिव बढुवामा सिफारिसमा परेका छन् ।

Published : Friday, 2021 March 12, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया