बर्दियामा जेष्ठ राजनीतिज्ञलाई कांग्रेसद्वारा सम्मान, एमाले–माओवादीका कार्यकर्ता प्रवेश
बर्दिया । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं. २ ले जेष्ठ राजनीतिज्ञहरूलाई बधाई तथा सम्मान गरेको छ ।
क्षेत्रीय सभापति दीपकजंग शाहको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य किशोरसिंह राठौर प्रमुख अतिथि रहेका थिए । राठौरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।
कार्यक्रममा क्षेत्र नं. २ का सभापति दीपकजंग शाहका साथै केन्द्रीय सदस्यद्वय किशोरसिंह राठौर र डा.गोपाल दहित, संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना, पूर्वसभापति अरुणप्रकाश सिंह राठौर, नेताहरू सुदीप विष्ट, जीवन मल्ल, देवमान थारु, जग्गाप्रसाद पाण्डे, रामचन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाले र माओवादीबाट करीव ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिस्टहरूको व्यक्तिगत स्वार्थ र भ्रष्टाचारबाट दिक्क भएर आफूहरू कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले जनाएका छन् ।








बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया