भारतीय राजदूतद्वारा कुमारी छेँ पुनर्निमाणको शिलान्यास
ललितपुर । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुरको पाटनस्थित कुमारी छेँ, कुमारी निवासको विकास र पुनर्निर्माणका लागि शिलान्यास गरेका छन् ।
मंगलबार भएको शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृतिमन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरूको उपस्थिति रहेको थियो ।
नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले नेरु. ५.८ अर्ब आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ ।
सोही प्रतिबद्घता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो ।
यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया