बर्दिया कांग्रेसद्वारा क्रियाशील सदस्यता वितरणबारे छलफल

बर्दिया । नेपाली कांग्रेस बर्दियाले क्रियाशील सदस्यता वितरणका विषयमा नेता कार्यकर्ताहरूसँग छलफल गरेको छ ।

क्षेत्र नं. १ र २ मा कांग्रेसले शुक्रबार र शनिबार अलग–अलग छलफल चलाएको नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिएका छन् ।

बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमले जिल्लाका नेता तथा कार्यकर्ताहरूको राय सुझावबाट क्रियाशील सदस्यता वितरण गर्ने जनाएका छन् ।

छलफलमा वडा सभापति, प्रदेश सभापति, संघीय क्षेत्रीय सभापति, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू र जिल्ला कार्यसमितिका बीचमा क्रियाशील सदस्यता वितरणका विषयमा छलफल भएको युवा नेता तिमिल्सिनाले बताए ।

Published : Saturday, 2021 February 27, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया