भागरथीकी आमालाई ‘छिमेकी’ कांग्रेसद्वारा ३० हजार प्रदान
बैतडी । नेपाली कांग्रेस बाजुराले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई ३० हजार आर्थिक सहयोग गरेको छ ।
बैतडीको छिमेकी जिल्ला बाजुराबाट संकलित रकम कांग्रेस पदाधिकारहरूले मृतक भागरथी भट्टकी आमा द्रोपतीलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
कांग्रेस बाजुरका सभापति कविराज पण्डित, सचिव रनसिंहबहादुर ऐडी, महाधिवेशन प्रतिनिधि जनकबिक्रम सिंह, नेपाल महिला संघ बाजुराकी सभापति अमृता सिंह लगायतको टोलीले भागरथीको घरमै गएर ३० हजार प्रदान गरेको छ ।
माघ २१ गते विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।
हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेश भट्टलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया