कामचलाउ कम्युनिस्ट सरकारको ‘हर्कत’ रोक्न नेविसंघको चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कामचलाउ कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आक्रोश पोखेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले मंगलबार विज्ञप्ति जारी गरेर भ्रष्ट ओली सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विरोध जनाएका हुन् ।
‘एकपछि अर्को जनविरोधी निर्णयहरू गर्ने क्रममा कीर्तिमान कायम राख्दै अघि बढेको भ्रष्ट र नालायक ओली सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष ढुंगानाले भनेका छन् ।
‘कोरोना कहरल जनता छट्पटी रहेको, व्यापार व्यवसाय खस्केको र रोजगारीहरू गुमेको यस्तो विकराल अवस्थामा अत्यावश्यकीय उपभोग बस्तु पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जनता मारा निर्णयको हामी घोर निन्दा र भत्सर्ना गर्दछौँ’, उनले भनेका छन् ।
‘एकातिर राजनीतिक अस्थिरताको भूमरिीमा देश रुमल्ली रहेको एवम् अर्कोतिर कोरोना कहरले उत्पन्न परिस्थितिले नेपाली जनताको दैनिक जीवन कष्टकर हुँदै गएको यस्तो अवस्थामा यस खाले जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धिको निर्णयले जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्ने र प्रगमनलाई फाइदा पु¥याउने कार्य मात्रै गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘ओली सरकारलाई बारम्बार प्रतिगमनको मतियार हुने गरी जनविरोधी निर्णय नलिन पनि गम्भीर रुपमा खबरदारी गर्न चाहन्छौँ’, अध्यक्ष ढुंगानाले चेतावनी दिएका छन् ।
‘जनताको ढाड भाँच्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु’, उनले भनेका छन् ।
‘अन्यथा यसबाट उत्पन्न गम्भीर परिस्थितिको जिम्मेवार भ्रष्ट र नालायक ओली सरकार नै हुनेछ’, नेविसंघका अध्यक्ष ढुंगानाले भनेका छन् ।
कम्युनिस्ट सरकारले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया