ओली सरकार र कम्युनिस्टहरूलाई नाङ्गे झार पार्न नपरोस्ः रामहरि खतिवडा

लिखु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनतालाई झुक्काउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखामा चुनावको घोषणा गरेको आरोप लगाएका छन् ।

ओखलढुंगाको नेपाली कांग्रेस लिखु गाउँपालिका कार्यसमितिद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका बढेर गएको बताए ।

चुनाव समयमा गर्न आलटाल भयो भने कांग्रेसले ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाउने उनले चेतावनी दिएका छन् । निर्वाचनका लागि कांग्रेसले निरन्तर सडकबाट दवाव सिजर्ना गरिहने उनले बताएका छन् ।

‘वैशाखमा चुनाव गर्नुपर्छ । जनतालाई झुक्काउन पाइँदैन’, उनले भने, ‘हिम्मत छ भने बोलेको कुरा गर्नुस् ओलीजी । होइन भने जनता झुक्काउने काम नगर्नुस् ।’

युवा नेता खतिवडाले कम्युनिस्टहरूभित्रको लडाइँले गर्दा सत्ता चलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताए । उनले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारविरुद्ध कांग्रेसले सधैँ संघर्ष गर्ने भन्दै कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको रक्षामा गर्ने बताए ।

उनले वैशाख १७ र २७ गतेको निर्वाचनको मिति जनतालाई झुक्यउनलाई गरेको आरोप लगाए ।

‘वैशाखमा साँच्चिकै चुनाव गरेर देखाउनुस् प्रधानमन्त्रीजी ओखालढुङाबाट कम्युनिस्टहरूको जमना जफत गराइदिने छौँ’, खतिवडाले भनेका छन् ।

‘चुनावको मैले बेला भनेको थिएँ । यो गठबन्धन चोयाको भएकोले चुडिएर जाने हो । त्यस बेला मैले जे भने थिएँ, त्यहि भएको छ’, उनले भनेका छन् ।

‘२०७० सालमा संविधान बनाउन भनेर पठाउनु भयो हामी सबै मिलेर संविधान बनायौँ’, उनले भने, ‘आफ्नो कर्तब्य राम्रोसंग निभाएका छौँ । कम्युनिस्टले बोलेको कहिल्यै पूरा गरेका छैनन् ।’

‘२०७४ सालमा अरुलाई जिताएर पठायौँ । २ वर्षपछि आफै संसद बिघटन गरेर देशलाई फेरि अस्थिरतातिर लगेका छन्’, खतिवडाले भने, ‘कांग्रेसले कहिल्य पनि ढाँटेर राजनीति गर्दैन । जे गर्छ त्यही बोल्छ । जे बोल्छ त्यही गर्छ ।’

नेपाली कांग्रेस ओखालढुंगाका सभापति प्रदीपकुमार सुनुवारले दुईतिहाइको सरकार हुँदा समेत कम्युनिस्टहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए । उनले केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कम्युनिस्टहरूको आलोचना गरे ।

सभापति सुनुवारले अझै उल्टो आफू असुरक्षित भएको अभिव्यक्ति दिएर ओलीले लाजमर्दो कुरा गरेको बताए ।

कम्युनिस्टहरूको जनताको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत हितमा कमाउन सक्रिय भएको उनले आरोप लगाए । उनले भने, ‘कम्युनिष्टहरू भनेका कमाउनिस्ट हुन् ।’

Published : Monday, 2021 January 18, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया