काठमाडौं उपत्यकाको सडकमा बलयगाढा देखियो, बाँकेमा पनि उस्तै भयो
ललितपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीविरुद्ध बयलगाढा प्रदर्शन गरेको छ ।
आइतबार बिहान ललितपुरको पाटनमा अनेरास्ववियुले संसद विघटन भएको विरोधमा बयलगाढा प्रदर्शन गरेको जनाएको छ । अनेरास्ववियुले पाटन क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।
ओलीले ०६२–६३ को जनआन्दोलनका बेला बलयगाढामा चढेर अमेरिका पुग्न सकिदैन भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।
प्रदर्शनकारी विद्यार्थीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संविधान विपरित संसद विघटन गरेको आरोप लगाएका छन् ।
उता, बाँकेमा पनि प्रचण्ड–माधव समूहले ओलीविरुद्धको प्रदर्शनमा बयल गाढा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले ओलीविरुद्ध नारावाजी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया