रञ्जीताका कारण भीम बिकले न्याय पाए, युवतीहरूले मागे माफी मागे

गैँडाकोट । अपाङ्ग भीम बिकसँग कथित मजाक गर्ने बहानामा अपमान गर्ने दुई जना युवतीहरूले माफी मागेका छन् ।

चितवन घर भएका ती दुई युवतीले प्राङ्क गर्ने बहानामा बिकसँग भद्दा मजाक गरेका थिए ।

उनीहरूले बिकसँग गरेको भद्दा मजाकको भिडियो युट्युबसहितका सामाजिक सञ्जालमा हालेका थिए ।

ती दुई युवतीले गरेको भद्दा मजाकको विरोध भएको थियो । समाजसेवी रञ्जीता गुरुङको पहलमा बिकले प्रहरीमा न्यायका लागि सोमबार उजुरी दिएका थिए ।

गैँडाकोट नगरपालिकाको वडा नं. ३ हर्दीका वडाध्यक्ष शिवकान्त तिवारीको रोहवरमा पीडित बिक र ती दुई युवतीबीच सहमति भई सार्वजनिक रुपमा माफी मागेर घटनालाई मिलाइएको समाजसेवी गुरुङले बताएकी छिन् । युवतीहरूले आइन्दा यस्ता हर्कत नगर्ने सर्तमा एक पटकलाई सुध्रिने मौकासहित छाडिएको छ ।

पीडित बिकलाई न्यायका लागि समाजसेवी गुरुङ काठमाडौंबाट नवलपरासी पूर्व गएकी थिइन् ।

ती दुई युवतीहरूले जन्मजात अपाङ्ग रहेका बिकलाई यौनदुरब्यबहारको आरोप लगाएर भिडियो बनाएर युट्युबमा अपलोड गरेका थिए ।

भीम बिकमाथि भद्दा मजाक गर्ने युवतीहरूविरुद्ध उजुरी, रञ्जीताले दिइन् साथ

Published : Tuesday, 2021 January 5, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया