बढुवाको प्रतिस्पर्धा सूचीमा यी एसपीहरूको नाम
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको तयारी भएको छ ।
एसएसपीको ९ पद रिक्त छ । पुस २९ गते दुई जना एसएसपी डा.गणेश रेग्मी र राजकुमार बैदवार अनिर्वाय अवकासमा जाँदै छन् ।
०५१ सालमा प्रहरीमा सेवा प्रवेश गरेका एसपीहरू विकासराज खनाल, कृष्णकुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, मधुसुदन लुइँटेल, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी बन्ने प्रतिस्पर्धामा छन् ।
गोविन्द शाह, उमाशंकर पञ्जियार, सुरेन्द्र मैनाली, योगबहादुर पाल र टीकाबहादुर केसी पनि एसएसपीका प्रतिस्पर्धी हुन् ।
उमशंकर पञ्जियार माओवादी युद्धकालमा जागिर छाडेर घरमा बसेका थिए । अदालतको आदेशले उनी प्रहरी सेवामा फर्किएका हुन् ।
पछिल्लो ब्याचबाट सिद्धिबिक्रम शाह, दानबहादुर कार्की, ईश्वर कार्की, सुशील सिंह राठौर र ओम राना लगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया