विद्यालयसहितका सबै क्षेत्र खोल्ने प्रस्ताव
काठमाडौं । सरकारले चैतदेखि बन्द भएका विद्यालयहरू खुल्ने भएको छ ।
आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)को बैठकले विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई खोल्ने निर्णय गरेको हो । सीसीएमसीले आवश्यक पर्दा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्ने अधिकार जिल्लालाई दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले कोरोनाका कारण रोक लगाइएको सबै क्षेत्रहरूलाई खुला गर्न मन्त्रिपरिषदमा निर्णयका लागि पठाउने जानकारी दिएका छन् । मन्त्रिपरिषदले निर्णय गरेपछि विद्यालयसहित सबै क्षेत्र खुल्नेछन् ।
सीसीएमसीले नयाँ प्रकारको कोरोनाभाइरस देखिएका बेलायतसहितका देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था गरिनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया