कांग्रेस नेता खतिवडाद्वारा सुनकोशी पुलको निरीक्षण, एक वर्षभित्र सञ्चालन हुने
नवलपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफूले शिलान्यास गरेको नवलपुरको पुल धमाधम निर्माण भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गहजिल्ला ओखलढुंगाको नवलपुरस्थित सुनकोशी पुलमा पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा पिलर राख्ने ठाउँमा ठूलो ढुंगा फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।
पलापुको नवलपुरमा खतिवाले ०७४ पुस १७ गते पुलको शिलासान्यास गरेका थिए । सो क्षेत्रका जनतालाई सुनकोशी नदीमा पुल नहुँदा आवत जावत गर्न कठिनाइ भएपछि कांग्रेस नेता खतिवडाले बजेटमार्फत पुलको योजना पारेका थिए ।
कांग्रेस नेता खतिवडाले अबको एक वर्षभित्र पुल निर्माण पूरा भइ सञ्चालन हुने बताए । उनले भने, ‘पुल निर्माणको काम धमाधम भइरहेको छ । एक वर्षमा पुल सञ्चालन हुने मेरो विश्वास छ ।’
पुल निरीक्षणका क्रममा नेविसंघका नेता नवीन राईलगायतका कांग्रेस नेताहरूको सहभागिता रहेको थियो ।
खतिवडाले स्थानीयहरूलाई पुल निर्माणमा चासो दिन र ठेकेदारलाई छिटो काम पूरा गर्न बेलाबेला दवाव दिन आग्रह पनि गरेका छन् ।

ओखलढुंगामा खतिवडाले सडक, पुल, खानेपानी, बिजुली, स्वास्थ्य लगायतका क्षेत्रमा केन्द्र सरकारबाट बजेट र योजनाहरू थुप्रै पारेको उनका निजी सहयोग हुकुम राईले बताएका छन् ।
एकहप्ता गृहजिल्ला ओखलढुंगा बसेका कांग्रेस नेता खतिवडाले सरकारविरुद्ध कार्यक्रमहरूमा सहभागी हुनुका साथै पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया