सभामुख महरा र मन्त्री बास्कोटाको पद उडाइदिने पत्रकार सिवाकोटी सम्मानित
काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरा र सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाका कर्तुतहरू सार्वजनिक गरेर पदच्युत गरिदिएका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीलाई सम्मान गरिएको छ ।
वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ‘तेज तीर्थ ट्रस्ट’ले नगद ५० हजारसहित सिवाकोटीलाई सम्मान गरेको हो ।
जनआन्दोलन तथा लोकतन्त्रका लागि मिडियाका माध्यमबाट युनियनका महासचिव सिवाकोटीले विशेष योगदान दिएको भन्दै सम्मान गरिएको हो ।
नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था प्रेस युनियनका महासचिव समेत रहेका सिवाकोटी हाम्राकुरा डटकमका सम्पादक पनि हुन् ।
सिवाकोटीले सभामुख महराको यौन काण्डबारेको समाचार प्रकाशित गरेपछि महरा थुनामा पर्नुका साथै सभामुख पदनै त्याग्नुपरेको थियो ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो उनै सिवाकोटीले सार्वजनिक गरिदिएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया