गोरखामा कांग्रेसको खेलकुद विभागद्वारा रक्तदान

गोरखा । नेपाली कांग्रेसको खेलकुद विभागले गोरखामा रक्तदान कार्यक्रम गरेको छ ।

४५औं वीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार विभागले गोरखा नगरपालिका– ६ हरमटारीमा रक्तदान आयोजना गरेको हो ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । नेता बस्नेतले रक्तदानमा सहभागीहरूलाई धन्यावाद दिएका छन् ।

उनले कोरोना महामारीका बेला रक्तदान गर्दा बिरामीहरूको उपचारमा सहयोग पुग्ने बताएका छन् ।

रक्तदान नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको समन्वय भएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले एक हजार थान के.एन. नाईन्टी फाईभ मास्क हस्तान्तरण गरेका थिए ।

Published : Thursday, 2020 December 31, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया