दाङको घोराहीमा कांग्रेसको प्रदर्शन, युवा नेत खनालसहतका नेताहरू सहभागी

घोराही । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले घोराहीमा संसद विघटनको विरोधमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस संगठन विभागका सदस्य एवम् पूर्वसांसद राजु खनाल, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, कांग्रेसका नेता भरत न्याैपाने, कमलकिशोर घिमिरेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्टहरू असफल भइसकेको भन्दै संसद विघटन भएकोमा विरोध जनाए । उनीहरूले कम्युनिस्टको पछाडि नलाग्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सरकार विरोधी नारावाजी गरेका थिए । उनीहरूले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार सञ्चालन गर्न नसकेको भन्दै कम्युनिस्टहरूको पतन शुरु भएको बताएका छन् ।

Published : Monday, 2020 December 28, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया