बेइजिङको ‘ड्रायगन’ टोली कम्युनिस्टको घरघरमा छिर्यो, काठमाडौंमा नाङ्गो नाच
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि चीनले काठमाडौं पठाएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय विभागका उप–प्रमुख गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले भेटघाटलाई तीब्रता दिएको छ ।
यैचौको टोलीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट गरेको छ । येचौको टोलीले दाहाल र नेपाललाई अलग–अलग भेट गरेको स्रोतले जनाएको छ ।
चिनियाँ टोलीले खुमलटारस्थित निवासमै पुगेर दाहालसँग भेट गरेको हो । अर्का अध्यक्ष नेपालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेट गरेको जनाइएको छ ।
चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।
चिनियाँ टोली आइतबार दिउँसो करीब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौं आएको थियो ।
येचौ नेतृत्वको टोली चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर काठमाडौं आएको जनाइएको छ ।

पुस ७ गते नेकपा विभाजन भएपछि तनावमा परेको चीनले विशेष टोली काठमाडौं पठाएर नेकपाको विवाद समाधानको प्रयास गर्न खोजेको आरोप छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको विवाद मिलाउन नसकेपछि बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उप–प्रमुख येचौको नेतृत्वमा चार सदस्यीय टोली आएको जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया