ओखलढुंगामा कांग्रेसको तयारी पूरा, युवा नेता खतिवडाले सम्बोधन गर्ने
ओखलढुंगा । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा नेपाली कांग्रेस ओखलढुंगा सोमबार भव्य प्रदर्शनको तयारी गरेको छ ।
सदरमुकाममा सोमबार हुने विरोध सभालाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, पार्टी सभापति प्रदीप सुनुवार, कांग्रेसका नेता अशोक कार्कीलगायतले सम्बोधन गर्नेछन् ।
विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको सभापति सुनुवारले जानकारी दिए । ‘प्रधानमन्त्री केपी ओलीको संविधान विपरितको कदमविरुद्ध सोमबार भव्य प्रदर्शनको तयारी गरेका छौँ’, उनले भने, ‘प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका छौँ ।’
ओखलढुंगामा बिहान ११ बजे जम्मा भएर विरोध र्याली र प्रदर्शन हुनेछ ।
Published : Sunday, 2020 December 27, 5:15 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया