तुलसीपुरको विरोध सभामा सहभागी हुन कांग्रेसको अपील

तुलसीपुर । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले तुलसीपुरमा हुने विरोध सभामा सहभागिता अनुरोध गरेको छ ।

शनिबार तुलसीपुरमा भएको बैठकले तुलसीपुरमा पुस १३ गते सोमबार प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध हुने विरोध कार्यक्रममा सहभागी हुन सबैलाई अपील गरेको हो ।

कांग्रेस क्षेत्र नंं. ३ ‘क’का सभापति घनश्याम ढकालको अध्यक्षता तथा क्षेत्रीय सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको बैठकले पार्टीका नेता, सदस्य क्रियाशील सदस्य, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश समिति, जिल्ला, क्षेत्र, नगर, वडा, भ्रातृ संस्था, आम जनसमुदायलाई १२ बजे पार्टी कार्यालयमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

साढे १२ बजे तुलसीपुरस्थित पार्टी कार्यालय वीपी वाचनालयबाट बिरोध र¥याली शुरु हुनेछ ।

बैठकले सम्पूर्ण वडा इकाई सभापतिहरूलाई आफ्ना कार्यकर्ताहरूलाई पार्टीको झण्डासहित उपस्थिति गराउन पनि अनुरोध गरेको छ ।

Published : Sunday, 2020 December 27, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया