कञ्चनपुरमा कम्युनिस्टहरू आ–आफूबीच फाइट खेले
महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रको झगडा जिल्लाहरूमा पुगेको छ ।
कञ्चनपुर जिल्लामा केपी ओली र प्रचण्ड–माधवकुमार नेपाल समूहबीच आइतबार कुटाकुट भएका छन् ।
नेकपा कञ्चनपुरको पार्टी कार्यालयमा दुबै समूहबीच हात हालाहल भएको हो । प्रचण्ड–माधव समूहले पार्टी कार्यालयमा भेला राखेपछि ओली समूहले तालाबन्दी गरेको थियो । त्यसपछि तनाबपूर्ण अवस्था सिर्जना भएको थियो ।
दुबै समूहबीच हातहालाहाल भएपछि पार्टी कार्यालयमा प्रहरी परिचालन भएको छ ।
प्रचण्ड–माधव समूहले ओली समूहले पार्टी कार्यालयमा लगाएको तालाबन्दी तोफोड गर्न खोजेपछि झडप भएको एक नेताले बताएका छन् ।
पार्टी कार्यालय परिसरमा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया