खड्काले साथ नदिएपछि दाङमा शंकर पोखरेललाई तनाब, बस्नेत बने अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङको नेतृत्वको जिम्मेवारी केपी ओली समूहले हुकुम बस्नेतलाई दिएको छ ।

आइतबार घोराहीस्थित पार्टी कार्यालयमा भएको प्रशिक्षण भेलाले नेकपा दाङको अध्यक्षको जिम्मेवारी बस्नेतलाई दिएको हो ।

भेलामा नेकपा ओली समूहको कमिटी विस्तार समेत गरिएको छ । विस्तार गरिएको कमिटीका सदस्यहरू सपथ ग्रहण समेत गराइएको छ ।

दाङ लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलको गृहजिल्ला पर्छ । दाङमा ओली समूह कमजोर मानिन्छ ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहतिर लागेका छन् । नेता कृष्णबहादुर महराले नेकपा दाङलाई आफ्नो कब्जामा राखेका छन् ।

Published : Sunday, 2020 December 27, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया