भक्तपुरमा ओलीको घर नजिकै कांग्रेसले प्रदर्शन गर्ने

भक्तपुर । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको सरकारविरुद्ध नेपाली कांग्रेस भक्तपुरले प्रदर्शनको भब्य तयारी गरेको छ ।

संसद विघटन गर्ने ओलीको सिफारिस असंबैधानिक एवम् अलोकतान्त्रिक कदम भएको भन्दै भक्तपुर कांग्रेसले पुस १३ गते मध्यपुर थिमिमा प्रदर्शन गर्न लागेको तरुण दलका नगर अध्यक्ष पुरु खड्काले जानकारी दिए ।

कांग्रेसले पुस १३ गते १ सय ६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ओली र उनको कम्युनिस्ट सरकारविरुद्ध बिरोध प्रदर्शन गर्दै छ ।

विरोध सभामा सहभागी हुन भक्तपुर कांग्रेसले अनुरोध गरेको छ । विरोध सभालाई सभापति शेरबाहदुर देउवाले सम्बोधन गर्नेछन ।

पुस १३ गते सोमबार सवा १२ बजे राधे–राधे भेला भएर र्‍यालीसहित मध्यपुर थिमिको शंखधर चोकमा पुगेर विरोध सभा हुनेछ ।

भक्तपुरको बालकोटमा प्रधानमन्त्री ओलीको घर रहेको छ । ओलीको घर रहेको स्थानभन्दा केही मिनटको दुरीमा कांग्रेसले भक्तपुरमा प्रदर्शन गर्न लागेको छ ।

Published : Saturday, 2020 December 26, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया