मदर्सा शिक्षाले छिट्टै सरकारी मान्यता पाउँछः अध्यक्ष अन्सारी
वीरगञ्ज । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदर्सा शिक्षालाई सरकारी मान्यता दिनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।
मदर्सा अर्गनाइजेशन अफ नेपाल, पर्साको शनिबार वीरगञ्जमा सम्पन्न जिल्ला साधारण सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष मियाँले मदर्सा बोर्ड छिट्टै गठन हुने बताए । उनले बोर्डमार्फत मदर्सा शिक्षालाई औपचारिकता दिइने बताए ।
‘मदर्सा बोर्ड छिट्टै बन्छ । बोर्ड बनाउनका लागि मैले सरोकारवाला निकायलाई अनुरोध गरेको छु । उहाँहरूले आश्वासन पनि दिनुभएको छ’, उनले भने, ‘मदर्सा शिक्षालाई शिक्षा मन्त्रालयले मान्यता दियो भने मदर्सामा अध्ययन गरेकाहरूले सबै सेवामा प्रवेश पाउनेछन् ।’
प्रदेश २ मा मुस्लिम समुदायका बालबालिकाहरू शिक्षाबाट टाढा रहेको भन्दै अध्यक्ष अन्सारीले बालबालिकाहरूलाई पढाउन अभिभावकहरूसँग अनुरोध गरेका छन् । उनले भने, ‘प्रदेश २ मा गरिवी र अशिक्षाको समस्या धेरै छ । अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पढ्न पठाउनुपर्छ । पढाइ राम्रो भयो भने गरिवी पनि क्रमशः हटेर जान्छ ।’
आयोगका अध्यक्ष अन्सारीले कब्रस्तानको सुरक्षाका लागि सरकारले दिएको बजेटले तारबार र पर्खालहरू लगाउने कार्य पनि शुरु भएको बताएका छन् ।
मदर्सा अर्गनाइजेशन अफ नेपाल, पर्साका अध्यक्ष इमामुद्धिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मदर्सा अर्गनाइजेशन अफ नेपाल प्रदेश २ का अध्यक्ष शशिकपुर मियाँ, पूर्वमन्त्री करिमा बेगम, नेकपाका केन्द्रीय सदस्य बसरुद्धिन अन्सारी, नेकपाका नेता कलामुद्धिन अन्सारी, जगन्नाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँलगायतका मुस्लिम अगुवाहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया