तरुण दलको हाइकमाण्डद्वारा जिल्ला अध्यक्षहरूलाई परिपत्र, धुन्दुकारी कम्युनिस्टहरूलाई तनाब
काठमाडौं । नेपाल तरुण दलले संसद विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मातहतलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार परिपत्र जारी गरेर पुस १३ गते हुन लागेको देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको प्रदर्शनमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएका हुन् ।
बस्नेतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । पुस १६ गते कांग्रेसल देशभरि मेलमिलाप दिवस मनाउन लागेको छ ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरूलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन गरिन्छ’, अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न त्यस जिल्ला समितिलाई निर्देशन गरिन्छ’, बस्नेतले भनेका छन् ।
‘नेपाल तरुण दल त्यस जिल्ला समितिले उक्त दिन पार्टी संग समन्वय गरी पार्टीको कार्यक्रम संग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ’, तरुण दलका जिल्ला अध्यक्षहरूलाई बस्नेतद्वारा गरिएको परिपत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया