कांग्रेस आफ्नै बलबुताले कम्युनिस्टसँग प्रतिस्पर्धा गर्छः तरुण नेता चापागाइँ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले नयाँ जनादेशका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा भएको संसद विघटनको विरोध गरेका चापागाइँले भने, ‘ओलीको कदम संविधान र लोकतान्त्रिक मूल्य मान्यताका विपरित छ । तर, कांग्रेस चुनावबाट डाराउने पार्टी होइन । हामी आफ्नै बलबुताले कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्न तयार छौँ ।’
जनप्रतिनिधि संस्था संसदलाई विघटन गरेर कम्युनिस्ट अधिनायकवाद ल्याउन सोँच कसैमा पलाएको छ भने त्यो घातक हुने चेतावनी उपाध्यक्ष चापागाइँले दिएका छन् ।
चापागाइँले वैशाखामा चुनाव हुने वातावरण बनाउन र तयारीहरू गर्न आग्रह गरेका छन् । उनले निर्वाचन वैशाखमा गराउनका लागि ओली सरकारलाई दवाव सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
‘प्रधानमन्त्री केपी ओलीमा शक्तिको दम्भ छ’, उनले भने, ‘निर्वाचन समयमा गराउनका लागि दवाव सिर्जना गर्नुपर्छ । सडकबाट दवाव दिनुपर्छ ।’
कांग्रेसका युवा नेता चापागाइँले कम्युनिस्टहरूले दुईतिहाइको बहुमत पाउँदा पनि देश चलाउन नसकेको भन्दै देशलाई सहि दिशा कांग्रेसले दिने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया