राष्ट्रपति र प्रधानमन्त्रीको देशभरि पुतला जल्ने
काठमाडौं । डा.बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला चलाउने भएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गरिएको विरोधमा जसपाले पुत्ला जलाउन लागेको हो ।
‘वर्तमान अवस्थामा संविधानअनुसार प्रतिनिधिसभा विघटन हुन नसक्ने व्यवस्था भएको हुँदा सभामुखलाई प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउन अनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
जसपाले पुस १० गते विभिन्न जिल्लाका प्रमुख स्थानहरूमा प्रधानमन्त्री एवम् राष्ट्रपतिको पुतला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस ११ गते जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानहरूमा मशाल जुलुश प्रदर्शन गर्ने जसपाले जनाएको छ ।
पुस १२ गते काठमाडौं उपत्यका लगायत विभिन्न स्थानहरूमा जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया